११ हजार भोल्टको करेन्ट लागेर विद्युतको कर्मचारीको मृत्यु

जनकपुरधाम-धनुषामा एकजना विद्युतको कर्मचारीलाई करेन्ट लागेर मृत्यु भएको छ।

सोमवार साढे ११ बजेको समयमा खराब भएको विद्युतलाई बनाउन पुगेको ना २ च ४५८ नम्बरको विद्युत विभागको गाडीका चालक ४० वर्षीय विष्णु महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जनाएका छन्।

विज्ञापन

क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १ रमदैयामा विद्युत बनाउन पुगेको गाडीले भर्‍याङ्ग उठाउने क्रममा भर्‍याङ्ग ११ हजार करेन्ट प्रवाह हुने विद्युतको तारमा टाँसे पछि महतोको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक खनालले बताए।

भदौ ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू