मन्दिरबाट उद्धार गरिएका १४७ मध्ये आधा भन्दा बढी बाघ मरे

सन् २०१६ मा बाघ उद्धार गर्ने क्रममा मन्दिरको भान्छामा रहेको फ्रिजमा बाघका ४० वटा बच्चाको शरीर फेला परेको थियो ।

थाइल्याण्डको विवादास्पद बुद्धिस्ट मन्दिरबाट उद्धार गरिएका १४७ बाघ मध्ये आधा मरेका छन् । सरकारी अधिकारीले दिएको जानकारी अनुसार तीन वर्षअघि विवादास्पद मन्दिरबाट उद्धार गरिएका मध्ये आधार भन्दा बढी बाघ मरेका हुन् । हालसम्म उद्धार गरिएका मध्ये ८६ बाघ मरेका हुन् ।

टाइगर टेम्पलका रुपमा प्रशिद्धि पाएको वात फ लुयाङ्ग ता बुए मन्दिरबाट ती बाघ सन् २०१६ मा उद्धार गरिएको थियो । सो मन्दिर पर्यटकहरुको आकर्षणको केन्द्र थियो ।

विज्ञापन

धेरैको भाइरसका कारण मृत्यु भएको थाइल्याण्डका वन अधिकारीले बताएका छन् । ती बाघहरुले स्थानान्तरणको तनाव सहन गर्न नसकेको पनि उनीहरुको दाबी छ । यस्तै आफ्नै समूह भित्र प्रजनन हुँदा ती बाघमा वंशाणुगत समस्या देखिएको पनि सरकारी अधिकारीले दाबी गरेका छन् ।

तर संरक्षणकर्मीले भने उद्धार गरिएका बाघलाई सुरक्षित अवस्थामा राखिएको थियो या थिएन भन्ने शंका जताएका छन् ।

मन्दिरका भिक्षुमाथि जनावरको दूरुपयोग गरेको, गैरकानूनी रुपमा प्रजनन गराएको, बेचबिखन गरेकोसहितका आरोप छ । तर भिक्षुले सबै आरोप अस्वीकार गर्दै आएका छन् । सन् २०१६ यता मन्दिर बन्द छ र विभिन्न मुद्दा चलिरहेको छ ।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू