सोलुखुम्बु गएका केन्याली पर्यटकको मृत्यु

मोरङ्ग – अफ्रिकी मुलुक केन्याका एक नागरिकको सोलुखुम्बु भ्रमणका क्रममा मृत्यु भएको प्रदेश एक प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार उनीसँगै अन्य सातजना पर्यटकसमेत बिरामी परेका छन्।

आइतबार महाकुलुङ गाँउपालिका–१ स्थिति एक गेष्ट हाउसमा ३३ वर्षिय गोविन्द लाखमनको मृत्यु भएको हो। प्रहरीका अनुसार गेष्टहाउसमा बसेका लाखमन विरामी भएका थिए। उनीसँगै गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटक समेत बिरामी भएको हुन्।

बिरामी भएका सातजना र मृतक लाखमनको शव मंगलबार बिहान करिब साढे ६ बजे हेलिकप्टरबाट उद्धारगरि काठमाडौँ पुराइएको प्रदेश एक प्रहरी कार्यालयले जनाएको छ।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्