सुनसरीको खनारमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

साङ्केतिक तस्बिर

सुनसरी – सुनसरीको खनारमा दुर्घटना हुदाँ मंगलबार एकजनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका १३ स्थित खनार सोमबारेमा यात्रुबहाक बसको ठक्करबाट मोरङको रतुवामाई नगरपालिका निवासी मंगलसिंह दमाईको मृत्यु भएको हो।

धरानबाट विराटनगरका लागि छुटेको को १ ख २७४७ नम्बरको गोकुलम यातायातले बिहान करिब ८ बजे सोमबारेस्थित जुटमिलमा हेल्परका रुपमा कार्यरत ३४ वर्षे मंगलसिंह दमाईलाई ठक्कर दिएको थियो।

राजमार्गमा साइकल चलाइरहेका उनलाई बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ। ठक्करबाट घाइते भएका उनलाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि लगिएको थियो। तर डाक्टरले उनलाई मृत घोषित गरे ।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्