कर्मचारी सञ्चय कोषको रकम ३ खर्व ९ अर्व ८५ करोड

काठमाडौँ – कर्मचारी सञ्चय कोषको रकम ३ खर्व ९ अर्व ८५ करोड पुगेको छ । कर्मचारी सञ्चय कोषले आफ्नो स्थापनाको ५८ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो ।

त्यसमध्ये ३ खर्व ३८ अर्व ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको पनि कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए ।

कोषले गत श्रावण महिनासम्ममा ३१ अर्व ४५ करोड जगेडा रकम रहेको पनि जनाएको छ । कोषले जगेडा रकमलाई मुलुकको पूर्वाधार, उर्जा र आवास निर्माण कार्यक्रममा लगानी गर्ने तयारी पनि गरेको छ ।

प्रशासक गौतमले मुलुकलाई समृद्ध बनाउने अभियानमा जगेडा रकम परिचालन गर्न लागिएको बताए । त्यसका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग सहकार्य गरेर अघि बढने कोषको योजना छ ।

कर्मचारी संचय कोषमा हाल सरकारी र निजी क्षेत्र गरी ६ लाख संचयकर्ताहरु रहेका छन् । उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत सामान्य रोग लागेका १ लाख तथा घातक रोग लागेमा १० लाखसम्म उपचार खर्च दिने गरी स्वास्थ्य विमा सेवा पनि संचालन गरिएको कोषका प्रशासक गौतमले जानकारी दिए ।

त्यसैगरी कोषले सञ्चयकर्ताहरुलाई आफ्नो सेवा कालमै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएका २ लाख दिने, काजक्रिया खर्च बापत ४० हजार रुपैयाँ दिने व्यवस्था गरिएको पनि जनाएको छ ।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्