जस्टिस फर निमरिता टप ट्रेन्डमा

मेडिकल छात्राको रहस्यमय मृत्युले पाकिस्तानमा तनाव

पाकिस्तानको सिन्ध प्रान्तमा मेडिकल छात्रा निमरिता कुमारीको रहस्यमय मृत्यु भएको घटना यतिबेला चर्चामा छ । पाकिस्तानमा ट्विटरमा जस्टिस फर निमरिता टप ट्रेन्डमा छ । निमरिता कुमारी मेडिकलको फाइनल इयरकी विद्यार्थी थिइन् ।

ट्विटरमा पाकिस्तानका धेरै मानिसले भनिरहेका छन् कि निमरिताको बलात्कारपछि हत्या भएको हो । पाकिस्तानका पत्रकार कपिल देवले लेखेका छन् कि प्रहरीले यसको अनुसन्धान गरोस् र घटनाको सत्यता बाहिर ल्याओस् ।

विज्ञापन

बिबिसीका संवाददाता शुमाइला जाफरीले निमरिताको मृत्युका विषयमा लरकानामा रहमतपुरका अधिकारी असदुल्लासँग कुराकानी गरेका छन् । उनले भनेका छन् कि तीन बजे बिहान शवको परीक्षण गरिएको छ तर रिपोर्ट आउनमा केही समय लाग्ने छ ।

यो घटना अनुसन्धानका लागि एक उच्चस्तरीय समिति गठन गरिएको छ । कोठा भित्रबाट बन्द थियो र घाँटीको चारैतिर चोट लागेको छ ।

उक्त कोठा प्रहरीले आफ्नो निगरानीमा राखेको छ । यो घटना बिहान ११ बजे भएको थियो । कलेज प्रशासनले निमरितालाई अस्पताल पुर्‍याएको थियो ।

निम्रिता चण्डका मेडिकल कलेजकी विद्यार्थी थिइन् । पाकिस्तानी मिडियामा छापिएको छ कि निमरिताको घाँटीमा रसी बाँधिएको थियो । प्रहरीले घटना हत्या हो या आत्महत्या भन्नेबारे अहिले नै भन्न हतार हुने बताएको छ ।

पाकिस्तानी पत्रकार कपिलदेवले आफ्नो ट्विटर अकाउन्टमा यो घटनाबारे लेखेका छन्, ‘मृत मेडिकल छात्रा निमरिताका भाई डाक्टर विशालको भनाई छ कि उनकी बहिनीको हत्या भएको हो । उनको भनाई छ कि निमरितामाथि यौन उत्पीडन र ब्लैकमेल भएको छ ।’

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्