युवासंघ अध्यक्ष दीपशिखाद्वारा अनुमति नलिई निर्णय सार्वजनिक नगर्न तल्ला निकायलाई आग्रह

दीपशिखा।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ले आफ्ना संगठनका सदस्यहरुलाई स्थानीय विषय बाहेक अन्य विषयहरुमा धारणा वा निर्णयहरु सार्वजनिक गर्नुपूर्व केन्द्र वा आफूभन्दा उपल्लो कमिटीसँग अनुमति लिन आग्रह गरेका छन्।

विमान रोक्न लगाएको प्रकरणलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईकाे आलोचनामा उत्रिएका नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई धनुषा र कास्की जिल्लाका युवा संघले निषेध गरेको भन्दै सार्वजनिक रुपमा वक्तव्य जारी गरेको पृष्ठभूमिमा दीपशीखाले त्यस्तो आग्रह गरेका हुन्।

विज्ञापन

उनले यो आग्रह जारी गर्नुको उद्देश्य र पूष्ठभूमि खुलाएका छैनन्।

तर, युवा संघ मन्त्री भट्टराईकाे गैर कानुनी गतिविधिका साझेदार संस्था हैनन् भन्ने सन्देश दिन सामाजिक त्यस्तो ट्वीट गरेको पार्टी श्रोत बताउँछ।

धनगढीमा आयोजित डल्फिन महोत्सवमा भाग लिएर काठमाडौँ आउने क्रममा नेपालगञ्ज विमानस्थलमा वुद्ध एयरको विमानको उडान समय केही ढिलो गर्न मन्त्री भट्टराईले आग्रह गरेपछि त्यस विमानमा रहेका शाही लगायतले विरोध जनाएका थिए।

विमानमा उक्त विरोधलाई लिएर तत्काल कुनै प्रतिक्रिया नजनाएका मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना कारणले ढिलाइ भएकोमा यात्रु समक्ष माफी मागेका थिए। तर मन्त्री भट्टराईकाे आलोचनामा उत्रिएका शाहीले विमानभित्र भएको यथार्थबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका विद्यार्थी संगठनका कार्यकर्ताले हातपात गर्न थालेपछि त्यसबाट बचाउन प्रहरीले उनको उद्धार गरेको थियो।

उक्त घटनाको पक्ष विपक्षमा यतिबेला सामाजिक सञ्जाल र आमसञ्चार माध्यमहरु विभाजित भएका छन्। कतिपयले भिआईपीको नाममा मन्त्री भट्टराईले जहाज कुराएको र गैरकानुनी गतिविधिले प्रदर्शन गरेको भन्दै उनको विरोध गरेका छन्।

कतिपयले भने विशिष्ट व्यक्तिहरुको मर्यादा नगरेको भन्दै शाहीको आलोचना गरेका छन्।

 

 

 

 

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू