सुदुरपश्‍चिममा स्क्रब टाइफसका ७८ जना बिरामी

धनगढी-सुदूरपशिचम प्रदशमा स्क्रब टाइफसका बिरामीको संख्या बढ्न थालेको छ।

पछिल्लो समय यस प्रदेशमा सम्म स्क्रब टाइफसबाट ग्रसित विरामीको संख्ष्य बढ्न थालेपछि स्वास्थ्यकर्मीकोको टोली नै संक्रमित स्थल तर्फ खटाइएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ।

विज्ञापन

पछिल्लो तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा ७८ जना विरामी संक्रमित भएको पुष्टि भएको छ।जसमा एक जनाको मृत्यु भइसकेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य माहाशाखाले जनाएको छ।अछाम र बाजुरा बाहेकका सात जिल्लामा देखापरेको यो रोगका विरामी अझै बढ्न सक्ने अनुमान माहाशाखाको छ।

स्वास्थ्य माहाशाखाका अनुसार डडेलधुरमा ३५, बैतडीमा ११ कैलालीमा २२, डोटीमा ३, दार्चुला, कञ्चनपुर ३ र बझाङमा दुई जनामा हाल सम्म स्क्रब टाइफस देखापरेको छ।

टोकेको लगायत ठाँउमा घाउ देखिने रगतको माध्याबाट किटाणु शरिरमा फैलिएर शरिरका अंगहरुले काम गर्न नसक्ने जस्ता लक्ष्यणहरु स्क्रब टाइफसका विरामीमा देखा पर्ने गरेको फिजिसियन डाक्टर विजय केसीले बताए।सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले स्क्रब टाइफस नियन्त्रणको प्रयास भइरहेको बताएका छन्।

स्क्रब टाइफस अन्य रोग जस्तो एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने र जंगल आसपासमा बसोबास गर्ने समुदायका मानिसलाई लाग्ने गरेको बताउँदै कार्कीले संक्रमित क्षेत्रमा स्वास्थ्य कर्मीको टोली परिचालन गरिएको जानकारी दिए।

डेंगु जस्तो सर्ने रोग नभएका कारण स्क्रब टाइफसले महामारीको रुप भने लिन नपाउने उनले बताए।उनका अनुसार स्क्रब टाइफसको संक्रमणबाट कैलालीका १५ बर्षे बालक भरत खातीको मृत्यू भएको छ।

यसैगरी सुदूरपश्चिम प्रदशमा डेङ्गुको संक्रमण पनि बढ्दो क्रममा रहेको छ।हाल सम्म सुदूरपश्चिम प्रदेशमा डेङ्गुका कारण ४८ जना बिरामी परेका छन् भने एक जनाको मृत्यू भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

अछाममा २, बझाङमा १, बैतडीमा १, डडेलधुरामा ४, दार्चुलामा ९, डोटीमा २, कैलालीमा २० र कञ्चनपुरमा ९ जनामा डेङ्गु रोग देखापरेको स्वास्थ्य निर्देशनालय डोटील जनाएको छ।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू