डाँका मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

जनकपुरधाम– डाँकाका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ।

सिरहा जिल्लाका कर्जन्हा नगरपालिका वडा नं. २ का ५२ वर्षीय मो. भोला मन्सुरीलाई सोमवार पक्राउ गरिएको सिरहाका प्रहरी नायब उपरीक्षक अपिल राज बोहराले जनाएका छन्।

ईलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटिएको प्रहरीको गस्ती टोलीले डाँका मुद्दामा फरार रहेको मन्सुरीलाई सोमबार साँझ ५ बजेको समयमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक बोहराले जानकारी दिए।

सिरहा चन्द्र उदयपुर बस्ने रहमत राई र जमाहिर मियाको जाहेरीको आधारमा जिल्ला अदालत सिरहाले २०७१ साल बैसाख ३० गते ६ वर्ष कैद र एक लाख ८० हजार जरिवाना गरेको थियो।

फरार रहेको मन्सुरीलाई पक्राउ गरी जिल्ला अदालत सिरहामा बुझाएको सिरहा प्रहरीले जनाएका छन्।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्