हलिउड अभिनेता ब्राड पिटले गरे अन्तरिक्षयात्रीसँग फिल्म संवाद

एजेन्सी-हलिउड अभिनेता ब्राड पिटले ‘इन्टरनेसनल स्पेस स्टेशन’मा रहेका अन्तरिक्ष यात्री निक हेगसँग कुराकानी गर्न नासा भ्रमण गरेका छन्।

यस कुराकानीको मुख्य उद्देश्य भने ब्राड पिटको आगामी फिल्म ‘ऐड एस्ट्रा’ को प्रमोशन थियो। कुनै पनि फिल्मको प्रमोसनका लागि गरिएको यो सबैभन्दा नौलो एवं रोमाञ्चक गतिविधि बनेको छ। दुवैले २० मिनटसम्म भिडियो कलिङमार्फ़त कुराकानी गरेका थिए।

नासा भ्रमण अवधिमा उनले पृथ्वीदेखि ४०० किमी माथिको अर्बिटमा घुमिरहेको ‘इन्टरनेशनल स्पेस स्टेशन’ मा रहेका अंतरिक्ष यात्री निक हेगसँग कुरा गरेका थिए।

अभिनेता पिटले आफ्नो आगामी फिल्मको प्रमोसनका लागि यो माध्यम रोजेका हुन्। उनको फिल्म प्रदर्शनका लागि तयार रहेको छ। तपाईँलाई अचम्म लाग्ला, उनको फिल्म ‘ऐड एस्ट्रा’ अहिलेसम्म पृथ्वीमा प्रदर्शित भएको छैन ,तर अन्तरिक्षमा भने यस फिल्मको प्रदर्शन भइसकेको छ।

‘इन्टरनेशनल स्पेस स्टेशन’मा रहेका अन्तरिक्ष यात्रीले यो फिल्म हेरिसकेका छन्। फिल्मको प्रमोसनका लागि फिल्मलाई पहिला अन्तरिक्ष स्टेशनमा देखाइएको हो।

२० मिनट लामो भिडियो कलिङमा पिटले अन्तरिक्ष यात्री हेगसँग भारतको चन्द्रयान-२ बारे सोधेका थिए। उनले हेगसँग सोधे- के तपाईले अन्तरिक्ष स्टेशनबाट भारतीय ल्याण्डर विक्रमको ल्यान्डिङ हेर्नु भयो? हेगले प्रश्नको जबाबमा नहेरेको बताए।

कुराकानीको क्रममा पिटले सोधे- तपाईँले मेरो फिल्म ‘ऐड एस्ट्रा’ हेर्नु भयो? २०१३ मा प्रदर्शित भएको फिल्म ‘ग्रेभिटी’ पनि हेर्नु भएको थियो ,स्पष्ट भन्नुस त जोन क्लूनी र मेरो अभिनयमध्ये तपाईँलाई कस्को अभिनय मन पर्‍यो?

जबाफमा निक हेगले हाँस्दै पिटको अभिनयलाइ सर्वश्रेष्ठ भने। वि.सं २०१३ मा प्रदर्शित भएको ‘साइन्स फिक्सन’ फिल्म ‘ग्रेभिटी’ले तहल्का मच्चाएको थियो। यस फिल्ममा अभिनेता जोन क्लुनीको मुख्य भूमिका रहेको थियो।

अभिनेता पिटले अन्तरिक्ष यात्री हेगसँग ‘इन्टरनेशनल स्पेस स्टेशन’को बसाइका बारेमा पनि प्रश्न गरेका थिए। एक प्रश्नको जबाब दिँदै हेगले भने- ‘तपाईँलाई बधाई छ, तपाईँको फिल्मको सेट साँच्चिकै कुनै अन्तरिक्ष स्टेशन झैँ नै लाग्छ।

कुराकानीको अन्त्यमा पिटले हेगसँग भने, ‘म आफ्ना बच्चाहरुलाई तपाईसँग भएको कुराकानीलाइ बढाइचढ़ाइँ वर्णन गर्नेछु।’

फिल्म’ ऐड एस्ट्रा’ एउटा यस्तो अन्तरिक्ष यात्रीको कथामा आधारित फिल्म हो, जुन अन्तरिक्षमा हराइरहेका आफ्नो पिताको खोजी गर्न सौर्य- मंडलको यात्रामा निस्किन्छ। फिल्मका निर्देशक जेम्स ग्रे रहेका छन्।

कथा इथन ग्रस र जेम्स ग्रेले संयुक्त रूपमा लेखेका हुन्। फिल्ममा ब्राड पिटका अतिरिक्त टोमी ली जोन्स, रुथ नेगा, लिभ टाइलर र डोनाल्ड सुथारल्याण्डले अभिनय गरेका छन्।

८० मिलियन डलरभन्दा बढ़ी बजेट रहेको यो फिल्म १२४ मिनट लामो छ। फिल्म २० सेप्टेम्बरका दिन प्रदर्शन हुने भएको छ।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्