९ बर्षदेखि कुटपिट मुदामा फरार रहदै आएका प्रतिवादी पक्राउ

बारा- नौ वर्षदेखि कुटपिट मुदामा फरार रहदै आएका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले कुटपिट मुदामा फरार रहदै आएका महागढीमाई नगरपालिका वडा नं.८ बस्ने ईमरित प्रसाद लाललाइ पक्राउ गरेको हो।

पक्राउ परेका लाललाई तत्कालिन पुनरावेदन अदालत हेटौडाको २०६७ साल पुस १२ गतेको फैसलाले कुटपिट मुद्दामा १ महिना १५ दिन कैद र .९ सय ७५ जरिवाना गरेकोमा हालसम्म पनि उनी फरार रहदै आएका थिए।

उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका लाललाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेश उनलाई तोकिएको कैद भुक्तान गर्नको लागि कारागार कार्यालय बिरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्