बिग मार्टको ‘दशैतिहार सुपथ पसल’

काठमाडौं- बिगमार्टले चाडबाडलाई लक्षित गरेर दशैतिहार र छठ अफर ल्याएको छ। अफर योजना अन्र्तगत करिब २ सय समानहरुमा ५ रुपैयादेखी २ सय ५१ रुपैयासम्म छुट दिइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सनफ्वार तेल देखी जिरा मसिनो चामलसम्मका खाद्यन्‍नमा छुट दिइएको छ। जसअनुसार अम्रित सन फ्लावर तेलमा प्रतिलिटर ५ रुपैया, मसुरो दालमा प्रतिकिलो १५ रुपैया, चिउरामा १० रुपैया, चनामा ६ रुपैया छुट दिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । डिडिसी घिउमा प्रतिकिलो ५० रुपैया छुट दिइएको छ ।

धारा तेलमा १८ रुपैया र चिनीमा प्रति रुपैया ७ रुपैयाको दरले छुट दिएको बिगमार्टका आर्थिक प्रशासन प्रमुख विवेक देवले बताए।

यस्तै जिरा मसिनो चामलमा प्रतिबोरा १ सय २६ रुपैया छुट दिइएको छ। उक्त छुट आफ्नो ३७ वटै शाखाबाट दिइएको उनले बताए। ‘चाडबार्डको अवसरमा सरकारले पनि सहुलियत पसल सन्चालन गर्न आग्रह गरेको थियो,’ प्रमुख देवले भने, ‘सोही अनुसार हामीले सहुलियत पसल सन्चालन गरेका छौ ।’

बिगमार्टले बजारको मुल्यमा नै तरकारी तथा फलफुल उपलब्ध गराउदै आएको छ। यसका साथै हरेक दिन बेलुका तरकारीहरुमा बिशेष छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ।

घरायसी प्रयोजनका लागि प्रयोग हुने खाद्य सामग्री, सरसफाईका सामग्री तथा पेय प्रदार्थ लगायतमा पनि बिशेष छुट दिइएको बिगमार्टले जनाएको छ । यो अफर असोज १ गतेदेखी छठसम्म सन्चालन हुने जनाएको छ।

भदौ ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्