एनआईसी एसिया बैंककोे नयाँ शाखा सल्यानको श्रीनगरमा

काठमाडौँ – ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एसिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ ।

सल्यान जिल्ला, शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा यही भाद्र ३१ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको श्रीनगर शाखाकोे उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी गरेका हुन् ।

श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको जनाइएको छ ।

एनआईसी बैंकका मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

असोज १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्