एनसेलले ल्यायो डेटा, भ्वाइस र एसएमएसका लागि नयाँ योजना

काठमाडौँ – मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ । यो योजना अन्र्तत एनसेल प्रयोगकर्ताले अब सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्ने जनाइएको छ ।

बुधबारदेखि लागु भएको योजना अन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।

विज्ञापन

यी प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विषेशता भनेको प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुने सुविधा रहेको जनाइएको छ ।

ग्राकहले करसहित रु २५४.१० मा १ जिबी डेटा भोल्युम र करसहित मात्र रु १.२८ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा ग्राहकले कर सहित मात्र रु ८९.३८ मा थप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मजा लिन सक्नेछन् ।

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र रु १.१५ प्रति मिनेट अन नेट भ्वाइस सेवा रु ३८१.७९ मा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडिनै सकिएमा ग्राहकले मात्र रु १२७.६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले पाँच मध्ये कुनै पनि एक प्लान लिन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ पनि रहेका छन् । ग्राहकले रु ६३७.१७ मा प्लान ४९९ लिन सक्छन् ।

यो प्लानमा मात्र रु १.०२ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबि डेटाको प्याक रु १९१.५४ मा खरिद गर्न सक्नेछन् । त्यस्तै प्लान ७९९ अन्तर्गत रु १०२०.२४ मा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र रु ३८३.०७ मा थप ७ जिबी डेटा भोल्युम लिन सक्नेछन् ।

मासिक रुपमा बढी डेटाको आवश्यकता रहेका ग्राहकहरुका लागि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यस अन्तर्गत ग्राहकले मात्र रु १२७५.६२ मा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । उक्त प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडी नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र रु ५१०.७६ मा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन् ।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधी ३० दिनको हुनेछ र पाँच मध्य कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले कर सहित मात्र रु ०.६४ मा एनसेल नेटवर्क भित्र एसएमएस पठाउँन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ ।

अशोज १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्