पानी परेपछि तराईका किसान हर्षित

वीरगञ्ज – केही दिनदेखि वर्षा भएपछि तराईका किसानहरु खुसी भएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरु वर्षा भएपछि खुसी भएका हुन् ।

लामो समयदेखि पानी नपरेकाले किसानहरुले लगाएको धान बाली प्रभावित भएकोमा केही दिनदेखि परेको पानीले राहत महसु्स भएको पर्साको पटेर्वा सुगौली गाउँपालिका निचुटाका किसान असर्फी साहले बताए ।

धान रोपाई गर्ने बेलामा नै आवश्यक मात्रामा पानी नपर्नु र त्यपछि पनि खडेरी भर्एपछि किसानहरु चिन्तामा थिए । सिँचाइ अभावमा सिथ ब्लाईट रोगको प्रकोप देखिन थालेको थियो ।

तर अब पानी परेपछि उक्त रोगको प्रकोप हट्ने विश्वास किसानहरुमा छ ।

धानमा सिथ ब्लाईट रोग लागेमा बिस्तारै धानको पात सुकेर झर्ने जिल्ला कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी एवं प्राबिधिक श्याम बिशोर प्र्रसाद कुर्मीले बताए । उनले यो रोग लागेमा धान खेतको पानी फेर्नुपर्ने बताए ।

असोज १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्