मुस्ताङबाट पोखरा जाँदै गरेको हेलिकप्टर म्याग्दीको धानखेतमा आकश्मिक अवतरण

फाइल तस्बिर

काठमाडौँ – मुस्ताङबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराब भएपछि म्याग्दीको रघुगंगामा आकश्मिक अवतरण गरेको छ ।

मौसम खराब भएका कारण तीर्थयात्री बोकेको  डाइनेस्टिक एयर हेलिकोप्टर रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतमा आकश्मिक अवतरण गरिएको हो ।

विज्ञापन

हेलिकप्टरमा पाइलट अर्जुन मल्लसहित मुक्तिनाथ तीर्थयात्रामा गएका पाँचजना भारतीय नागरिक सवार थिए। उनीहरु सबै सकुशल छन् ।

अशोज १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू