संविधान दिवसमा नेपाल टेलिकम अफर: सय रुपैयाँमै ३ जिबी डाटा प्याक

काठमाडौं- नेपाल टेलिकमले संविधान दिवसका अवसरमा जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो।

विज्ञापन

उनले भनिन्, ‘ संविधान दिवसका दिन ग्राहकहरुले नेपाल टेलिकमको सीममा जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक उपलब्ध गराएका हौ। प्रत्‍येक दिन एक जीबी डाटा लिन सक्छन्।’

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ। यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ। यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिनेछ।

अशोज १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्