काठमाडौँमा खुल्यो नयाँ फिल्म कलेज

नेपालमा ‘फिल्म स्टडिज’ अध्ययन गर्न नयाँ क्याम्पस खुलेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल फिल्म क्याम्पसमा चार वर्षे ‘ब्याचलर अफ फिल्म स्टडिज’को पढाइ हुने भएको हो।

उक्त फिल्म कलेजको आइतबार उद्घाटन भयो।

विज्ञापन

कलेज उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले यस संस्था नेपालको फिल्म अध्ययन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने कोशेढुङ्गा सावित हुने विश्वास लिएको बताए।नेपाली कथावस्तुको उचित र सशक्त प्रस्तुति गर्न अध्ययन आवश्यक भएकाले प्रविधिसँगसँगै कथावस्तुमा जोड दिनुपर्ने उनले बताए। नेपाल सरकार र चलचित्र विकास बोर्डले नेपाली चलचित्र अध्ययनको क्षेत्रमा जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि उनले बताए।

पुराना छायाँकार मन्जुकुमार श्रेष्ठले छाँयाकन प्रविधिमा धेरै विकास भए पनि नेपालले थप सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेपाल फिल्म क्याम्पसले यो खाडल पुर्ने विश्वास लिएको बताए।

कार्यक्रममा नाट्यकर्मी तथा प्रशिक्षक विमल सुवेदी पनि उपस्थित थिए।

यस क्याम्पसमा यसै शैक्षिकसत्रबाट चलचित्रमा स्नातकको अध्ययन सुरु गराउन लागेको क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेतीले जानकारी दिए। काठमाडौंको बानेश्वरमा रहेको यो क्याम्पसमा चलचित्र लेखन/निर्देशन, दृष्य सम्पादन, छायाँकन, अभिनय र ध्वनिसम्बन्धी पाँच विषयमा स्नातकको अध्ययन गराइनेछ।

यसमा अरु कलेजभन्दा शुल्क थोरै राखिएको र केही विद्यार्थीहरुलाई स्कलरसिपको ब्यबस्था गर्ने पनि उप्रेतीले बताए । उनका अनुसार हलिउड, बलिउडसहित श्रीलंका, भुटान र नेपालका फिल्म बिज्ञहरुले कलेजमा पढाउने छन् ।

नियमित र भिजिटर टिचर गरेर कलेजमा अध्यापन गर्ने ६० जनाको भन्दा ठूलो टिम रहेको पनि उनले बताए।

अशोज १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू