अक्सफोर्ड इन्स्टिट्यूट भन्छ- बेलायतमा २० प्रतिशत मानिस इन्टरनेट चलाउँदैनन्

काठमाडौं- अक्सफोर्ड इन्टरनेट इन्स्टिट्यूटद्वारा गरिएको एक सर्भेमा ब्रिटेनमा प्रत्येक पाँचौं व्यक्तिले अहिले पनि इन्टरनेट उपयोग नगर्ने दाबी गरिएको छ। यसमा धेरैजसो वयस्क तथा कम आय भएका मानिस छन्।

सर्भेका अनुसार, इन्टरनेट उपयोग नगर्ने व्यक्ति आफूले स्वेच्छाले नै इन्टरनेटको प्रयोग नगरेको बताउँछन्। उनीहरुलाई आफ्नो व्यक्तिगत चिंता बढी छ। साथै आफ्नो साथीभाई तथा रुची पनि सीमित भएका कारण इंटरनेटको जरुरत नभएको बताए।

विज्ञापन

तर, इन्टरनेट उपयोग नगर्नेमा भने वयस्क, कम पढेलेखेका तथा सीमित आय भएका मानिस धेरै छन्। यो प्रोजेक्टमा काम गरिरहेका डा. ग्रान्ट ब्लांकका अनुसार यसमा मोबाइल तथा कम्प्युटर कुनै माध्यममा पनि इन्टरनेट नचलाउने मानिस सामेल छन्।

उनले बिबिसीसँगको कुराकानीमा भने, सामान्यतः ५० वर्ष भन्दा पहिले धेरै मानिस अनलाइन हुन्छन् तर यो उमेर काटेपछि भने यसमा धेरै नै कमी भएको पाइन्छ। यो दर प्रतिवर्ष २ प्रतिशत रहेको छ।

डा. ग्रांट ब्लांकले भने, इन्टरनेटका विषयमा धेरै कुरा छन् जो उमेर बढ्दै गएपछि यसको कम उपयोग गर्ने गर्छन्। यस सर्वेका अनुसार इन्टरनेट प्रयोग नगर्नेहरुलाई कुनै भाइरस तथा बैंकमा हुने अनियमितताको सामना गर्नु परेको छैन। जो मानिस सर्वेमा सामेल भएका थिए त्यसमा ७० प्रतिशतको भनाई उनीहरु विज्ञापन तथा डाटा ट्रयाकिंगबाट आजित भएका थिए।

इन्टरनेटको प्रयोगका लागि मोबाइल फोन सबैभन्दा आम उपकरण रहेको र ९२ प्रतिशत मानिस इन्टरनेटका लागि फोनको प्रयोग गर्ने गर्छन्। सर्भेमा के पनि अगाडि आएको छ भने समय र पैसाको बचतसहित इन्टरनेटको फाइदाले एउटा मात्र सामाजिक समूह प्रभावित भएको पाइयो।

यसको प्रयोग नगर्नेहरु वर्षमा करिब ४० लाख रुपैयाँभन्दा कम आम्दानी गर्नेहरु धेरै थिए। जो मानिसहरु इन्टरनेटबाट टाढा थिए ती अधिकांशलाई यसबाट फाइदा हुन सक्छ।

खासगरि स्वास्थ्य तथा वित्तीय जानकारी प्राप्त गर्नका लागि तथा सरकारबाट प्राप्त हुने लाभका लागि यसको भूमिका हुनसक्छ।यसमध्ये धेरैले यो योजनाबाट फाइदा पनि लिइरहेका छन्। उनीहरुसम्म पुग्नका लागि पुरानो तरिकाबाट नै जानुपर्ने हुन्छ। यो सर्भे घर-घर गएर गरिएको पनि डा. ब्लांकले बताए।

अशोज १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्