मोदी सरकारले लगायो ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध

भारत सरकारले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री निर्मला सितारमणले यस्तो जानकारी दिएकी हुन् ।

उनले युवाहरुको स्वास्थ्यलाई ध्यान दिएर ई–सिगरेटमाथि सरकारले पूर्ण प्रतिबन्ध लगाउने निर्णय लिएको बताइन् । मन्त्री सितारमणले भनिन्, ‘अब ई–सिगरेटको उत्पादन, बिक्री, ओसारपसार, आयात, निर्यात, तथा वितरण गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।’

विज्ञापन

यसका लागि सरकारले एक अध्यादेश ल्याएको छ । प्रस्तावित अध्यादेशमा यसको उल्लंघन गर्नेलाई अधिकतम एक वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवानाको प्रावधान राखिएको छ ।

 

अशोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्