सुदूरपश्चिम प्रदेशमा स्क्रव टाईफसबाट दुईजनाको मृत्यु

धनगढी – सुदूरपश्चिम प्रदेशमा स्क्रब टाईफसबाट दुईजनाको मृत्यु भएको छ । हाल सम्म १ सय २६ जनामा स्क्रव टाईफसको संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मत्रालयका सूचना अधिकारी हेमराज खड्काले स्क्रव टाईफसबाट बझाङको वित्थडचिरका २३ वर्षीया सरस्वती सिहं र कैलालीको गेटाका १५ वर्षीय भरत खातीको मृत्यु भएको जानकारी दिए ।

विज्ञापन

उनका अनुसार प्रदेशभर हालसम्म १ सय २६ जनामा स्क्रब टाईफसको संक्रमण देखिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मुसामा पाइने किर्ना जातको किराको टोकाइबाट मानिस सर्ने स्क्रब टाईफसका बिरामीमा कडा खाले ज्वरो आउने, मासंपेशी दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिने स्वास्थ्यक्रर्मीको भनाई छ ।

अशोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू