चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष श्रीकृष्ण गिरीसँगको अन्तर्वार्ता

‘मेरो शैक्षिक प्रमाणपत्र नक्कली ठहरिए जुनसुकै सजाय भोग्न तयार छु’

काठमाडौँ— लामो बहस र विवादबीच सरकारले ल्याएको राष्ट्रिय चिकित्सा ऐनमा टेकेर चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा हालै नियुक्त भएका डा. श्रीकृष्ण गिरीले मुलुकको चिकित्सा शिक्षा र सेवाको गुणस्तरीयता बढाउन आफू राजनीतिक हस्तक्षबाट मुक्त रहने दाबी गरेका छन्।

राजनीतिक हस्तक्षप, दबाब, साँठगाँठले यो क्षेत्रको स्तर खस्केका बेला डा. गिरीले चिकित्सा शिक्षा ऐनविपरित कुनै पनि काम आफूले नगर्ने र अरुलाई पनि गर्न नदिने दाबी देशसञ्चार संवादमा गरेका हुन्।

आफूसँगको सम्झौत विपरित ल्याएको चिकित्सा शिक्षा ऐन संशोधन नगरे फेरी अनशन बस्ने डा. गोविन्द केसीको चेतावनीका सम्बन्धमा बोल्न नचाहेका डा. गिरीले मुलुकको समग्र चिकित्सा शिक्षालाई विश्वासिलो बनाउन मेडिकल कलेजलाई दिइने सम्बन्धन, सिट, शुल्क र अस्पताल सञ्चालनको स्वीकृति लगायतमा पारदर्शीता अपनाउनु पर्ने धारणा राखेका छन्।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि आफूले ऐनअनुसार स्पष्ट भिजन अघि सारेको र त्यसका आधारमा काम गरेर देखाउन आफ्नो प्रण रहेको उनले बताएका छन्।

हरेक प्रदेशमा सरकारी मेडिकल कलेजको आवश्यकता भएपनि जनसंख्या र भूगलका आधारमा मेडिकल कलेज खोल्दा सरकार र जनता दुवै फाइदा हुने उनको तर्क छ।

यस क्षेत्रको गिर्दो छविलाई उकास्न आएको दाबी गरेकाले उनले आफ्नो योग्यतालाई लिएर उठेको प्रश्नलाई लिएर भनेका छन्,‘ मेरो सर्टिफिकेट नक्कली पुष्टि भएमा उपाध्यक्ष पद त्याग्न र जुनसुकै सजाय भोग्न तयार छु।’

तर यर्थाथलाई बंग्याएर हल्ला गर्नेलाई सजाय कसले दिन्छ ? उनीसँगको अन्तर्वार्ता हाम्रो युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ।

भिडियो हेर्नुहोस्:

असोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्