जहाज तीन घन्टासम्म होल्ड भएकोबारे छानबिन गर्न पर्यटनमन्त्रीको निर्देशन

फ्लाइट राडारबाट लिइएको तस्बिर।

काठमाडौँ – कतारबाट आएको जहाज तीन घण्टा काठमाडौँको आकाशमा होल्ड भएको विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले नागरिक उड्यन प्राधिकरणलाई निर्देशन दिएका छन्।

बिहीबार कतारबाट स्थानीयसमयअनुसार बिहान ३ बजेर २५ मिनेटमा उडेको जहाज साढे ४ घन्टामा स्थानीय समयअनुसार १० बजेर २५ मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण भएको थियो।

दूरी मापन गर्ने उपकरण अचानक बिग्रिएको भन्दै कतार एयरलाइन्सलगायतका विमानलाई आकाशै होल्ड गराइएको थियो। काठमाडौँ आउन १० मिनेटमात्र बाँकी छँदा उक्त जहाजले नेपाल(भारत सीमाना तथा नेपालको बारा क्षेत्रमा कयौँपटक चक्कर मार्नुपरेको थियो।

जहाज आकाशमै होल्ड भएपछि एयर चाइनाको काठमाडौं उडान रद्द भयो भने मालिन्दो एयरको जहाजलाई आकाशबाटै डाइभर्ट गराइएको विमानस्थलले जनाएको छ।

असोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्