लागुऔषधसहित सिरहाबाट एकजना पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम– प्रहरीले सिरहामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा जिल्ला गोलबजार नगरपालिका वडा नं. १ का २५ वर्षीय महमद कलाम अन्सारी रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन्।

अन्सारीलाई बुधवार साँझको समयमा भारतबाट नेपालतर्फ आउँदै गर्दा नाईट्रोभेट ४५ पिस र गाँजा ५० ग्रामसहित बरियारपट्टीबाट पक्राउ गरिएको हो।

ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले अन्सारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

पक्राउ परेको अन्सारीमाथि आवश्यक अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।

असोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्