विप्लवका धनकुटा-मोरङ सेक्रेटरीले गरे पार्टी परित्याग

मोरङ-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित दल नेकपाका धनकुटा-मोरङ सेक्रेटरी दीपक राई विकल्पले पार्टी परित्याग गरेका छन्।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राईले पछिल्लोसमय नेकपाको ब्यवहारमा समस्या देखिएको बताउदै पार्टीबाट अलग हुने निर्णय गरेको बताए।

विज्ञापन

पार्टीबाट अलग भएसंगै आफू स्वतन्त्र नागरिक रुपमा अघि बढ्ने उनको भनाइ छ। नेकपाको गतिविधिप्रति असन्तुष्ट रहेको बताएका राईले ‘सिद्धान्त एउटा लिने व्यवहार अर्को गर्ने विषयले असन्तुष्ट बनाएको हो। अब म अलग र स्वतन्त्र रुपमा अघि बढ्न चाहान्छु।’

२०६३ सालमा तत्कालिन माओवादीमा अटाएका राई पार्टी विभाजनसंगै मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीमा पुगेका थिए। राई त्यहापनि विचलित हुँदै विप्लव समूहमा जोडिएका थिए। उनलाई गत असार ९ गते मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो।

धरानमा भएका कतिपय हिंसात्मक गतिविधिमा लागेको भन्दै उनलाई प्रहरीले संगठित अपराध, हातहतियार खरखजना अभियोगमा जिल्ला अदालत सुनसरी इनरुवामा मुद्दा दर्ता गराएको थियो। अदालतले सादा तारेकमा गत भदौ २४ गते रिहा गर्न आदेश दिएको थियो।

त्यसपछि राई पुन पक्राउ परेका थिए। मोरङ्ग जिल्ला अदालतले भदौं २६ गते सादा तारेकमा छोड्न आदेश दिए पनि प्रहरीले राईलाई पुनः पक्रदै अभद्र व्यवहारमा मुद्दा हालेको थियो। सोही क्रममा जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई ४ हजार धरौटीमा बिहीबार छाडेको थियो।

अशोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू