रक्सी खाँदाखाँदै बेहोस भएका साथीलाई छाड्ने किन पक्राउ परे ?

काठमाडौं : मदिरा सेवनपछि मातेर बेहोस भएका एक व्यक्तिको उपचारको क्रममा निधन भएपछि प्रहरीले उनका २  जना साथीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार ललितपुरको ठेचोका राजु महर्जन, बलराम केसी र सुरोज परियार बुधबार नजिकै रहेको खेतमा रक्सी खाएर ‘रमाइलो’ गर्दै थिए।

विज्ञापन

दिउँसो १२ बजेदेखि रक्सी खान थालेका उनिहरु साँझ पर्दासम्म उठ्ने सुरसार थिएन। तीनै जना मज्जाले माति सकेका थिए। यत्तिकैमा बलराम बेहोस भए।  राजु र सुरोजले उनलाई उठाउने प्रयाश गरे तर उठेनन्।

त्यसपछि टाउकोमा पानी छ्यापि दिए, मुखमा पानी हालि दिए। त्यति गर्दासम्म बलरामको होस् खुलेन। त्यसपछि राजु र सुरोज बलरामलाई त्यहीँ छाडेर घरतर्फ लागे। बिहीबार बिहान बलराम त्यही स्थानमा बेहोस अवस्थामा भेटिए। आफन्तले तत्कालै अस्पताल पुर्‍याए पनि ३५ वर्षीय बलरामको ज्यान गयो।

लापरबाहीका कारण बलरामको ज्यान गएको भन्दै प्रहरीले २१ वर्षीय सुरोज र ३३ वर्षीय राजुलाई पक्राउ गरेको छ। महाशाखाका अनुसार बुधबार दिउँसो तीनै जना एउटै स्कुटी चढेर खेत पुगेका थिए।

 

अशोज २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्