कमलबजार नगरपालिका कार्यालयमा बम बिस्फोट

फाइल तस्बिर

अछाम – नेत्रविक्रम चन्द विप्लव समूहले बिहीबार राति अछामको कमलबजार नगरपालिकामा बम बिस्फोट गराएको छ ।

राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम बिस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी बताए । बिस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करिब १०० मिटर टाढाबाट बम बिस्फोट गराइएको पाइएको छ । प्रहरीले बिस्फोट गराउने समूहको खोजी गरिरहेको छ ।

विज्ञापन

नगरपालिका कार्यालयको ढोका नजिक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए । यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै बम बिस्फोट भए पछि कर्मचारी त्रसित बनेका छन् ।

अशोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू