कामना सेवा बैंकले सुरु गर्‍यो सरसफाई अभियान

काठमाडौँ – ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालयसहित देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान आयोजना गरेको गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने बैंकले विश्वास लिएको छ ।

विज्ञापन

संविधान दिवसको अवसरमा बैंकद्धारा ओडी कार्ड सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबिच संविधान दिवस विशेष रङ्गगोली प्रतियोयिता समेत आयोजना गरिएको बैंकले जानकारी दिएको छ।

बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंककिङ र सी–एएसबीए लगायतका माध्यमबाट सेवा दिँदै आएको बैंकले जनाएको छ।

अशोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्