‘ढाका रन वे ब्राइडल शो’ हुने

काठमाडौँ – ढाका इभेन्ज कम्पनीले ढाका कपडाको प्रवर्द्धन गर्न र मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ‘ढाका रन वे ब्राइडल शो’ को आयोजना गर्ने भएको छ ।

शनिबार ललितपुर कुपण्डोलस्थित भदौ ११ गते म्याक्सिम बैंक्वेटमा ‘ढाका रन वे ब्राइडल शो’ हुने भएको हो।

विज्ञापन

उक्त फेशन शोमा ३५ जना मोडलहरुले सहभागिता रहने आयोजकले जनाएको छ।

यस्तै उक्त शोमा शोमा नायिका, मोडेल तथा गायिका परमीता आर.एल. राणा, मोडल सबिता कार्की, पूर्व मिस नेपाल अश्मी श्रेष्ठ, नायिका करुणा श्रेष्ठ, नायिका तथा मोडल सिर्जना रेग्मीको उपस्थिति रहनुका साथै अन्य प्रस्तुतिहरु पनि समावेश गरिएको कम्पनीका क्रिएटिभ डाईरेक्टर अजय गुरुङले बताए।

उनका अनुसार उक्त शो पाँच घण्टा चल्नेछ । शोमा सहभागिता जनाई नेपाली ढाका कपडाको प्रवर्द्धन र ढाका प्रयोगमा प्रोत्साहनमा सहयोग गर्न आग्रह गरे।

यस्तै उक्त फेशन शोमा नेपालका चर्चित डिजाईनर मनिश राई, मुक बुटिक (मुक्ता श्रेष्ठ), अर्बन भोग नेपाल (प्रफुल रिजाल), भारती आचार्य, विजय गौतम, मर्सल माश्सलले आफ्नो कलेक्शन–पहिरन तथा डिजाइन देखाउने पनि आयोजकले जानकारी दिएको छ।

उक्त शोको उद्घाटन नेपाली कांग्रेसकी नेतृ तथा सांसद पार्वता डिसी चौधरीले गर्ने छिन् भने परमीता आर.एल.राणा ढाका इभेन्ज कम्पनीकी ब्राण्ड एम्बासडर रहेको आयोजकले जनाएको छ।

अशोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्