आफू एकछत्र रहेको साफ यू-१८ च्याम्पियनसिपमा नेपाल आज मालदिभ्ससँग भिड्दै

काठमाडौं : तेस्रो दक्षिण एसियाली फुटबल महासंघ-साफ यू-१८ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपालले शुक्रबार मालदिभ्सको सामना गर्दै छ।

हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा हुने यो खेलमा अघिल्ला दुवै संस्करणको विजेता नेपाललाई सुखद् सुरुवात गर्ने चुनौती छ। यसअघि सन् २०१५ मा नेपालमा आयोजित पहिलो संस्करणको फाइनलमा घरेलु टोलीले भारतलाई हराएको थियो।

विज्ञापन

दुई वर्षअघि भुटानमा आयोजित दोस्रो संस्करणमा नेपालले बंगलादेशलाई हराएर उपाधि रक्षा गरेको थियो।यसपटक समूह ‘ए’मा रहेको नेपालले अन्य खेलमा भुटानसँग पनि खेल्ने छ।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। मालदिभ्स अघिल्ला दुवै संस्करणमा समूहगत चरणबाटै बाहिरिएको थियो। अघिल्लो संस्करणमा नेपालले मालदिभ्सलाई २-० गोलले हराएको थियो।

साफ यू-१८ च्याम्पियनसिपबाहेक  कुनैपनि स्तरको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले लगातार दुईपटक उपाधि जित्न सकेको छैन।

 

अशोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्