एनआरएनए उपाध्यक्षमा कुमार पन्तको उम्मेदवारी घोषणा

काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्।

शुक्रबार काठमाडौँबाट सन् २०१९–२०२१ कार्यकालको अध्यक्षका लागि पन्तले उम्मेदवारी घोषणा गरेका हुन्।

विज्ञापन

पन्तले संघको संरचना, प्रशासन, संघको आन्तरिक व्यवस्थापन र स्वदेशमा एनआएरएनको लगानीसहित मतदानको अधिकारका विषयमा केन्द्रित रहेर आफ्नो योजना प्रस्तुत गरेका छन्।

उनले पूर्वअध्यक्ष शेष घलेको ‘भिजन २०२०’को योजना नै आफ्नो मूल नारा र एजेण्डा रहेको बताएका छन्।

हाल पन्त एनआरएनएको अन्तराष्ट्रिय उपाध्यक्षको दोस्रो कार्यकालमा छन्।

अशोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्