मूर्ति सेलाउने क्रममा बेपत्ता भएका युवक मृत फेला

साङ्केतिक तस्बिर

राजविराज– विश्वकर्माको मूर्ति सेलाउने क्रममा बेपत्ता भएका एक युवक शुक्रबार मृत फेला परेका छन्।

सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित कोशी पश्चिमी नहरमा मूर्ति सेलाउने क्रममा २२ वर्षीय मनिषकुमार यादव बेपत्ता भएका थिए।

नेपाली सेना, नेपाल प्रहरी स्थानीय बासिन्दासमेतको सहयोगमा मनिषको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिरहा जिल्लाको सुखीपुर नगरपालिका–२ निवासी यादव राजविराज नगरपालिका–६ स्थित छिन्नमस्ता डेरी उद्योगमा काम गर्दैआएको प्रहरीको भनाइ छ।

सोही डेरीमा बनाइएको विश्वकर्माको मूर्ति पूजाआजा पश्चात सेलाउने क्रममा उनी बिहीबार साँझ बेपत्ता भएका थिए।

असोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्