पशुपति क्षेत्रमा श‌ंकास्पद वस्तु, सेनाद्वारा डिस्पोज

काठमाडौं: पशुपति क्षेत्रमा रहेको मृगस्थलीमा शुक्रबार साँझ शंकास्पद वस्तु भेटिएको छ।

शुक्रबार साँझ मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर नजिकै दुईवटा शंकास्पद वस्तु देखिएपछि प्रहरीलाई खबर गरिएको थियो। नेपाली सेनाको टोलीले साँझ दुवै वस्तुको डिस्पोज गरेको थियो।

विज्ञापन

सेनाका अनुसार ती वस्तु विस्फोटक वस्तु नै थिए।

अशोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्