दसैँको मुखमा ग्यासको मूल्य घट्यो

काठमाडौँ-नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ।

निगमले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको हो। मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँ भएको छ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ।

निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो।

अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल पाउनेछन्।

असोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्