इलाममा साहित्य महोत्सवमा साहित्यदेखि राजनीतिसम्मका कुरा

झापा- नेपाली साहित्य तथा संगीतको उर्बर जिल्ला इलामको सदरमुकाममा आयोजित इलाम साहित्व महोत्सवमा भएका साहित्य, संगीत तथा राजनीतिका ताता बहसले चिसो इलामलाई तताइदिएको छ।

कार्यक्रमले जुराइदियो स्रष्टाहरु भूपाल राई तथा श्रवण मुकारुङलाई साहित्यकार वैरागी काइँलाको पुराना कविताहरुको संगालो विमोचन गर्ने अवसर।

त्यस्मा पनि गायक अशोक मुकारुङले ‘इलामे शहर चियाबारी राम्रो त्यहीँ पर्यो घर हाम्रो…’ बोलको गीतले कार्यक्रमलाई संगीतमय बनाइदिएको थियो।

कार्यक्रममा सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई सार्थक बनाउन साहित्य तथा कला क्षेत्रले गर्ने भूमिकाका बारेमा बहस भएका थिए।

लोकतन्त्र र आलोचनात्मक चेत शीर्षकमा सञ्जीव उप्रेतीको प्रस्तुती रहेको थियो। प्राध्यापक उप्रेतीले संरचनात्मक लाभांशलाई आलोचनात्मक चेतसंग जोडेर एक घन्टा लामो सम्भाषण दिएका थिए।

उनले आलोचनात्मक चेतले लोकतन्त्रलाई फराकिलो बनाउने बताएका थिए। दोस्रो सत्रमा कवि र कविता, सत्ता कि प्रतिपक्ष? शीर्षकमा कविहरु श्रवण मुकारुङ, मोमिला र मनु मन्जिलबीच छलफल गराइएको थियो। छलफलको निष्कर्ष थियो-जनताका पक्षममा लेख्नेहरु प्रतिपक्षी नै हुन्छन्।

मानकमाथि प्रश्न शीर्षकको अर्को सत्रमा राजन मुकारुङ, उज्जवल प्रसाईं र मिश्र वैजयन्तिले तातो वहस गरे। ‘अ’ मा अल्झेको इलाम शीर्षकको छलफलमा संस्कृति संरक्षकका रुपमा चिनिएका युद्धप्रसाद वैद्य, इलाम नगरका प्रमुख महेश वस्नेत र राजेन्द्र वरालले वहस गरे।

अन्तिम सत्रमा करोड क्लव र अफवाह शीर्षकमा नायक दयाहाङ राई, समिक्षक अनुप सुवेदी र लेखक व्रजेश खनालवीच वहस भएको थियो।

असोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्