जनकपुरमा जलाइयो नेपालको संविधान

जनकपुरधाम-संविधान दिवसको अवसरमा आज जनकपुरधाममा संविधानको किताबलाई राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले जलाएका छन्।

राष्ट्रिय जनता पार्टी नेपालको आयोजनामा युवाहरुले जनक चोकमा कालोपट्टी बाँधी संविधानको बिरोध स्वरुप संविधानका किताब जलाएका छन्।

विज्ञापन

नेपालको संविधान २०७२ बाट असंतुष्ट रहेका राजपाका कार्यकर्ताहरुले संविधानप्रति आफुहरुको असहमति रहेको भन्दै यसका केही धारा जलाएका छन्।

अशोज ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्