बार्सिलोनाका स्टार किशोर खेलाडी फातीले पाउने भए स्पेनिस नागरिकता

बार्सिलोनाका किशोर खेलाडी आन्सु फातीले स्पेनिस नागरिकता पाउने पक्का भएको छ । यसको अर्थ उनले स्पेनको राष्ट्रिय टिमबाट खेल्न सक्ने मार्ग खुलेको छ ।

१६ वर्षका फाती उनी जन्मिएको गिनी–बिसाउबाट पनि खेल्न पाउँछन् । यस्तै आफ्ना हजुरबुवा–हजुरआमाको देश भएका कारण पोर्चुगलबाट पनि उनी खेल्न पाउने सम्भावना छ ।

विज्ञापन

फातीले स्पेनिस नागरिकताका लागि दिएको निवेदन देशको आन्तरिक मामिला मन्त्रालयले अघि बढाएको हो । स्पेनको नागरिक बन्नका लागि कम्तिमा १० वर्ष त्यहाँ बसेको हुनु पर्छ र फाती पछिल्लो १० वर्षभन्दा बढी समयदेखि स्पेनमा छन् ।

फातीले स्पेनको १७ वर्षमुनिको टिमबाट खेले पनि उनले सिनियर खेलमा आफ्नो अन्तर्राष्ट्रिय टिम छनौट गर्न पाउने छन्, गिनी बिसाउ, पोर्चुगल या स्पेन बिचमा ।

गएको शनिबार उनी सबै भन्दा कम उमेर च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाको खेलाडी बनेका थिए । उनले ला लिगाका तीन खेलमा दुई गोल गरिसकेका छन् ।

अशोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्