काठमाडौँ – मौसममा केही सुधार आएको भए पनि पूर्ण रुपमा सफा हुन भने अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ ।

देशका अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली भएको जनाइएको छ । शनिबार दिनभर देशभरि आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

यस्तै राति देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

पश्चिमी क्षेत्रमा भू–भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

असोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्