अमेजन रेनफरेस्ट विभिन्न कारणले संकटमा छ । हरेक वर्ष हिउँदमा लाग्ने डढेलो यो वर्ष भीषण बन्यो । यो वर्ष अत्याधिक मात्रमा लागेको आगोका कारण अमेजन रेनफरेस्टको ठूलो हिस्सा सखाप भयो ।

विश्वव्यापी रुपमा चासो बढ्यो । विश्व समुदायले ब्राजिल सरकारलाई दबाब दियो । दक्षिण अमेरिकी देशहरुले अमेजन जंगल जोगाउनका लागि एकीकृत प्रयास गर्ने सहमति गरेका छन् । तर जंगल संरक्षणका लागि ब्राजिल तथा अमेजन जंगलको हिस्सा पर्ने क्षेत्रका आदिवासी समुदायको भूमिका महत्वपूर्ण रहन्छ ।

विज्ञापन

आदिवासीहरुले तस्करलाई पक्रने गरेका छन् ।

उनीहरुको जीवन नै जंगलमा आश्रित छ र जंगलकै संरक्षणमा उनीहरुले आफ्नो जीवन समर्पित गरेका छन् । यस्तै आदिवासी समुदाय हो गुआजाजारा समुदाय । उनीहरुले अवैध रुपमा जंगल फगानीमा संलग्नहरुलाई लखेट् छन् । तस्करले प्रयोग गरेका गाडीहरु जलाइदिन्छन् । गुआजाजारा समुदायले अमेजनको संरक्षणमा आफ्नो जीवन समर्पित गरेका छन् ।

समाचार संस्था रोयटर्सका लागि पत्रकार लियोनार्डो बेनास्सातो र फोटो पत्रकार उइस्लेइ कासेलिनोले ब्राजिलको अमरान्तेका जुआजाजारा समुदायले अमेजन जंगल संरक्षणका लागि खेलेको भूमिकालाई समेटेका छन् ।