किन उडाईँदै छ सोनाक्षी सिन्हाको मजाक ?

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको अहिले ट्रोल बनाइएको छ। उनलाई ‘कसको लागि हनुमानले संजीवनी बुटि लिएर आउँदै थिए?’ भन्ने प्रश्नको जवाफ थाहा नभएको भन्दै सामाजिक सञ्जालमा मजाक उडाउन थालिएको छ।

‘कोन बनेका करोडपति’ को ११ औँ संस्करणको २५ औँ भागमा राजस्थानकी उद्यमी रुमा देवी ‘कर्मवीर प्रतिभागी’ को रुपमा यो कार्यक्रममा सहभागी थिइन्। यो कार्यक्रममा बलिउडकी अभिनेत्री सोनाक्षी पनि खास पाहुनको प्यानलमा सहभागी थिइन्। उनी रुमा देवीलाई साथ दिइरहेकी थिइन्, यस्तै आएको एक प्रश्नको जवाफ रुमालाई नआएपछि उनले लाइफलाइन रोज्नु परेको थियो।

प्रश्न थियो, रामायणको अनुसार हनुमान कसको लागि संजिवनी बुटि लिएर आएका थिए ?
जवाफको विकल्पमा थियो, सुग्रीव, लक्ष्मण, सीता र राम।

सोनाक्षीले यसको जवाफ थाहा थिएन, त्यसैले उनले एक्सपर्ट लाइफलाइन प्रयोग गरिन् र जवाफ पाइन्।

कार्यक्रमको एपिसोड सक्किने बित्तिकै सोनाक्षीको बारेमा ट्वीटरमा मजाक हुन सुरु भयो। कोही भने सोनाक्षीको बचाउ गर्दैछन्। भारतको ट्वीटरमा ‘ह्याशट्याग सोनाक्षीसिन्हा’ सबैभन्दा माथि आइरहेको छ।

निकुञ्ज नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘सोनाक्षीका पिता शत्रुघन सिन्हाका तीन भाई छन्, – ‘राम, भरत र लक्ष्मण’ सोनाक्षीकोका भाइहरुको नाम लव र कुश छ। उनको घरका सदस्यको नाम रामायणबाट प्रभावित छ, तर उनले प्रश्नको जवाफको लागि लाइफलाइन प्रयोग गरिन्।’

अर्का प्रयोगकर्ताले लेखेका छन् ’यो धेरै नै निराशाजनक भयो। कोही यत्ति बुद्दु कसरी हुन सक्छन् ?’

यो विषयमा केहीले मिम्स पनि शेयर गरेका छन्। अभिनेत्री आलिया भट्टको पनि ‘कफि विथ करण’ शोमा केही सजिलो प्रश्नको जवाफ दिन नसकेको कारण मजाक भएकी थिइन्। एक प्रयोगकर्ताले शेयर गरेका छन्।

यस्तै सोनाक्षीको बचाउमा पनि केही ट्वीटहरु आएका छन्।

असोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्