दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

फाइल तस्बिर

दाङ– दाङमा मोटरसाइकल दुर्घटनामा हुँदा दुईजनाको मृत्यु भएको छ । घोराही तुलसीपुर सडक खण्डको घोराही उपमहानगरपालिका ९ बुकाली डाँडामा रा १ प ७८९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भएर सडकको दूरी देखाउन गाडिएको सिमेन्टको पोलमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए ।

घाइतेहरु घोराही उपमहानगरपालिका ९ का २५ वर्षीय मनोज विश्वकर्मा र घोराही उपमहानगरपालिका ५ का २५ वर्षकै दिपक विश्वकर्माको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

असोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्