नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

सांकेतिक तस्बिर

नेपालगञ्ज – नेपालगञ्जमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । विपीचोकबाट दक्षिणतिर गइरहेको मोटरसाइकलले नर्सिङहोम अगाडि ठक्कर दिँदा दाङ गढवा गाउँपालिका–७ घर भएकी सीता चौधरीको मृत्यु भएको हो ।

पैदल हिँडिरहेकी सीतालाई शनिबार बिहान ११ बजे ठक्कर दिएर मोटरसाइकल भागेको थियो । मोटरसाइकलको नम्बर खुल्न सकेको छैन ।

विज्ञापन

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सीताको उपचारको क्रममा नर्सिङहोममै मृत्यु भएको हो । बाँके प्रहरीले ठक्कर दिने मोटरसाइकलको खोजी गरिरहेको छ ।

अशोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्