९९ हजार रुपैयाँसहित जुवाको खालबाट ८ जना पक्राउ

दाङ – चाडपर्व नजिकिएसँगै दाङ्गमा जुवाडेहरुको गतिविधि बढ्न थालेको हो । प्रहरीले जुवातास नियन्त्रण अभियान पनि चलाएको छ । जुवाडेका गतिविधि बढेकाले अभियान तीव्र पारिएको प्रहरीको भनार्य छ । प्रहरीले जुवाडेहरुको साथबाछ लाखौँ रुपैयाँ समेत बरामद गर्दै आएको छ ।

तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा रहेको सल्यानी होटेलमा छापा मार्दा ८ जना जुवाडेहरुलाई झण्डै एक लाख रुपैयाँसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट ९९ हजार ३ सय ७५ रुपैयाँ नगद, ९ थान मोबाइल र दुई बुक तास बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।

विज्ञापन

पक्राउ पर्नेहरुमा होटल सञ्चालक ३३ वर्षे तेजबहादुर रावत, तुलसीपुर ११ का ३० वर्षे रमेश रावत, शान्तिनगर ७ का २७ वर्षे सुरेश चन्द, नेपालगञ्ज उपमहानगरपालिका ४ का ४० वर्षे छोट्टन राई, बबई गाउँपालिका ७ का २४ वर्षे नविन बस्नेत, सल्यान कुमाख गाउँपालिका ३ बस्ने २६ वर्षे यमबहादुर पुन, सोही ठाउँका २५ वर्षे आदेश शाही र कपुरकोट गाउँपालिका ३ का २९ वर्षे कृष्ण बुढाथोकी रहेका छन् ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर कार्वाही प्रकृया सुरुभएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

अशोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू