चन्द्र धरातलमा छरिएर रहेका वस्तुमा भारत निर्मित ल्याण्डर पनि थपिएको छ

एजेन्सी– अन्ततः इसरोले गरेका सारा प्रयास निष्फल भए। चन्द्र अवतरणका क्रममा सम्पर्कविच्छेद भएको ल्याण्डर विक्रमसँग पुनः सम्पर्क हुन सकेन।

आज २१ सेप्टेम्बर, सदाका झै पृथ्वीमा आज बिहान पनि १२ घण्टा पश्चात सूर्योदय भयो। १२ घण्टा पश्चात् पुनः सूर्यास्त भई अँध्यारो हुनेछ। १२–१२ घण्टाको यो चक्र अनवरत चलिरहेको छ।

विज्ञापन

सूर्यास्त र सूर्योदय दुबै पृथ्वीकाे सापेक्ष प्रयोग गरिने शब्द हुन्। नत्र सूर्यलाइ केन्द्रमा राखेर यी दुबै शब्दको अस्तित्व चाहेर पनि पाउन सकिन्न। न कहिले सूर्य अस्त हुन्छ र न त उदय नै।अक्षमा घुम्दा पृथ्वीको जुन भाग सूर्य सम्मुख हुन्छ, त्यहाँ सूर्योदय र जून भाग ओझल हुन्छ त्यहाँ सूर्यास्त।

पृथ्वी अक्षमा घुम्न रोकिने हो भने झन्डै पृथ्वीको आधी भागमा सधैँका लागि रात्रि एवं अर्को भागमा कहिल्यै समाप्त नहुने गरी प्रकाशको साम्राज्य स्थापित हुन्छ।

सौर्यमण्डलका सबै खगोलीय पिण्डमा प्रकाशको एकमात्र ‘प्रोड्यूसर’ र ‘डिस्ट्रीब्यूटर’ सूर्य नै हो। ईश्वरको परिकल्पना कता–कता सूर्यका समतुल्य राखेर विचार गर्दा सौर्यमण्डलका हकमा चरितार्थ हुन्छ। अधिष्ठाता हो सूर्य, समस्त सौर्य मण्डलको। यसको अनुपस्तिथिमा सौर्यमण्डलमा रहेका लाखौँ खगोलीय पिण्डको अस्तित्व रहँदैन, हामी मनुष्यको त के कुरा?

चन्द्रमाको जून भागमा इसरोले ल्याण्डर ‘सफ्ट ल्यान्डिङ’ गराएर अवतरण गराउन चाहेको थियो। र ‘सफ्ट ल्यान्डिङ’ विफल भएर जहाँ ल्याण्डर बाजरियो, दिन र रात्रि को चक्र त्यहाँ पनि हुन्छ।

पृथ्वीमा मात्र होइन, अँध्यारो–उज्यालोको खेल जुनसुकै पनि खगोलीय पिण्डमा हुन्छ। चन्द्रमामा पनि हुन्छ। हो दिन र रातको अवधि भने सबै खगोलीय पिण्डमा फरक–फरक हुन्छ।

अब पृथ्वी बाहेक सौर्यमण्डलको अन्य कुनै स्थलमा जीवनको कुनै चिह्न देखिएका छैनन्। अतः समयको मापन र निर्धारण गर्ने विधि पृथ्वीमा मात्रै विकसित भयो।

पृथ्वीका मानिसले विकसित गरेको ‘समय मापन’को मूल इकाई सेकेण्ड हो। सेकेण्डभन्दा माथिका सबै ईकाई मिनेट, घण्टा आदि सेकेण्ड कै जोड हुन्। मानिस पुगेको अथवा यान मात्रै पुगेका सबै ग्रह–उपग्रहको समय पृथ्वीकै समय ‘यूनिट’बाट गणना गरिन्छ।

जस्तो कि चन्द्रमा कै कुरा गरौँ, चन्द्रमाको कुनै एक ठाउँमा एक सूर्योदयदेखि अर्को सूर्योदय आउन पृथ्वीकाे ६ सय ५५ घण्टाको समय लाग्छ। अब तपाईलाई भन्नु परेन चन्द्रमामा दिनको अवधि पृथ्वीको ३२७.५ घण्टा र रात्रिको अवधि ३२७.५ घण्टा बराबरी हुन्छ।

यसो हुनुका पछाडि कुनै ठूलो रहस्य होइन, कारण यति मात्र हो चन्द्रमाको आफ्नो अक्षमा घुम्ने गति पृथ्वीको तुलनामा अति कम छ। पृथ्वीले १ हजार ६ सय ७४ किमी प्रतिघण्टाको गतिले झन्डै २४ घण्टाको अवधिमा आफ्नो अक्षको एउटा परिक्रमा पूरा गर्छ।

यसको आधा भागमा १२ घण्टाको दिन र अर्को आधा भागमा १२ घण्टाको रात हुन्छ पृथ्वीमा।

ज्योतिषले चन्द्रमालाइ चञ्चल भने पनि चन्द्रमाको आफ्नो अक्षमा घुम्ने गति भने पृथ्वीको तुलनामा अति कम अर्थात १६.६५ किमी प्रतिघण्टा मात्रै हुन्छ।

यस गतिले चन्द्रमालाई आफ्नो परिधि (सर्कमफ्रेन्स) १० हजार ९ सय २१ किमिको एक परिक्रमा पूरा गर्न झन्डै ६ सय ५५ घण्टाको समय लाग्छ। यो भनेको पृथ्वी को २७.३ दिनको समय हो। २७.३ पृथ्वी दिनको आधा समय चन्द्रमामा दिन र आधि समय रात हुन्छ।

इसरोले ७ सेप्टेम्बर शुरू हुनासाथ ल्याण्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा ओराल्ने कार्यक्रम राखेको पछाडि कारण यही थियो। चन्द्रमाको यस भागमा सूर्योदय भएर दिनको शुरुवात भएको थियो।

तर इसरोले ‘ल्यान्डिङ’ सफल रूपमा गर्न सकेन र ल्याण्डर यसै भू–भागमा कतै बाजरियो। इसरोको ‘सफ्ट ल्यान्डिङ’ गर्ने मिसन ७ सेप्टेम्बर मै असफल भइसकेको थियो।

सार्वजनिक नगरे पनि इसरोलाई थाहा थियो, अब ल्याण्डरसँग पुनः सम्पर्क गर्ने सन्भावना अत्यन्त न्यून छ। तर इसरोले ल्याण्डरको खोजी अभियान जारी राख्यो। ल्याण्डरको उमेर चन्द्रमाको एक दिन अर्थात पृथ्वीका १३‍.६५ दिनरात बराबरी थियो।

इसरोलाई थाहा थियो, २० सेप्टेम्बरपछि न त ल्याण्डरको लोकेशन थाहा पाउन सकिन्छ र न त यससँग सम्पर्क नै स्थापित गर्न सकिन्छ। कारण २० सेप्टेम्बरपछि ल्याण्डर रहेको ठाउँमा रात्रि प्रारम्भ हुन गईरहेको थियो।

चन्द्रमाको जून भागमा रात्रि हुन्छ ,त्यहाँको तापमान माइनस २०० डिग्री सेल्सियस भन्दा पनि कम हुन्छ। पृथ्वीको झन्डै ३ सय २७ घण्टा लामो समय यति विघ्न चिसो तापक्रम झेलेर अर्को सूर्योदयसम्म ल्याण्डरको सेन्सर ठिक रहने कुनै सम्भावना थिएन। इसरोले ल्याण्डर र रोभर दुबैको डिजाइन नै जम्मा एक चन्द्रदिन अवधिका लागि गरेको थियो।

त्यो समय सीमा अब समाप्त भएको छ। ल्यान्डरसँग अब सम्पर्क हुने सम्भावना छैन। चन्द्रमाको दक्षिणी ध्रुवमा रात्रिको अँध्यारो छाइसकेको छ। अर्को सूर्योदय भएपछि ल्याण्डरको अवशेषका चित्र पाउन सकिन्छ होला। इसरोको आफ्नो पहिलो प्रयास मै चन्द्र अवतरण गर्ने प्रयास भने सफल हुन सकेन।

यस सम्बन्धी विज्ञहरुको भनाइ छ, ‘अर्बिटरले पठाएको थर्मल इमेजबाट इसरोले ल्याण्डरका बारेमा जानकारी पाइसकेको थियो तर उसले यो कुरा सार्वजनिक गरेन।’

सन् १९६१ मा पहिलो पटक मानव निर्मित कुनै वस्तु पुगेको चन्द्र धरातलमा नासाका अनुसार अहिले ७ सय ४० जति वस्तु यताउति छरिएर रहेका छन्, तिनमा एक वस्तु भारत निर्मित ल्याण्डर पनि थपिएको छ।

अशोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्