उत्तर प्रदेशबाट दिल्ली हिँडेका हजारौँ किसानलाई बाटाेमै राेकियाे

एजेन्सी– भारत उत्तर प्रदेशको सहारनपुरबाट राजधानी दिल्लीका लागि हिँडेका हजारौँ किसानलाई प्रहरीले दिल्ली प्रवेशमा रोक लगाएको छ।

उखुको भुक्तानी पाउनु पर्ने, किसानहरुको ऋण मिनाहा हुनपर्ने लगायत १५ सुत्रीय माग राखेर दिल्लीका लागि पदयात्रामा निस्केका हजाराैँ किसानलाई सुरक्षाकर्मीले शनिबार उत्तर प्रदेश र दिल्लीको सीमाक्षेत्र गाजीपुरमा रोकिदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

विज्ञापन

यसैबीच भारतीय किसान संगठनका प्रतिनिधी र भारतकाे केन्द्रीय कृषि मन्त्रालयका अधिकारीबीच वार्ता भएको छ। वार्तामा आफ्ना पाँच वटा मागमा सहमति बनेपछि किसानहरुले तत्कालका लागि आन्दोलन स्थिगित गरेका छन्।

किसान संगठनका नेता पुरन सिंहले भने, ‘सरकारले हाम्रा १५ मध्ये पाँच माग मानेको छ। हामीले आन्दोलन अन्त्य गरेका छैनौँ, तत्कालका लागि स्थगित गरेका हौँ। बाँकी मागको विषयमा १० दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछौँ। यदी सरकारले सबै माग पूरा गर्‍यो भने आन्दोलन अन्त्य गर्छौँ। यदी त्यस्ताे भएन भने सहारनपुरबाट फेरी आन्दोलन सुरु गर्छौँ।’

किसानको आन्दोलनका कारण दिल्ली–उत्तर प्रदेशको सीमा क्षेत्र गाजिपुरमा सवारी साधनको लामो जाम भएको छ। याुत्रहरु घण्टौँसम्म जाममा फसिरहेका छन्। जामका कारण राजमार्गमा यातायात ठप्प भएकाे छ।

 

 

अशोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्