नेपाली उत्पादनमा रोकिएको कर छुट फिर्ता दिनुपर्छः देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली उत्पादनमा रोकिएको कर छुट फिर्ता दिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौँको भृकृटीमण्डपमा नेपाल धागो उत्पादक संघद्वारा आयोजित मेलाको अवलोकन गर्न पुगेका देउवाले कर फिर्ता गर्नुपर्ने बताएका हुन्।

विज्ञापन

मेला अवलोकनका क्रममा उनले नेपाली उत्पादन राम्रो भएको भन्दै नेपालमा पनि राम्रो वस्तु उत्पादन गर्न सकिने कुराले सार्थकता पाएको बताए।

यसैगरी नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले नेपाली बजारमा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न मेलाको आयोजना गरिएको बताए।

यद्यपी नेपाली उत्पादन प्रवद्धन गर्न निकै चुनौतीको सामना गर्नुपर्ने उनको दावी छ। उनले भने, ‘खुला सिमाना, व्याजदरमा वृद्धि, महँगो बिजुली शुल्क र करले नेपाली उत्पादनलाई नेपाली बजारमा सोचे जस्तो प्रवद्धन गर्न सकिएको छैन।’

साथै उनले आफूहरुले ऋण सुविधासमेत नपाएको बताए। उनल भने, ‘नेपाल राष्ट्र बैंकले दुई पतिशत व्याजमा ऋण दिने प्रावधान गरेको छ। तर हामीले अहिलेसम्म उक्त सुविधा पाएका छैनौँ।’

व्यापारलाई व्यापक बनाउन बुटवल र काठमाडौँमा ‘टेक्सटाइल पार्क’को आवश्यकता रहको बताए। उनले भने ‘नेपाल अहिले डम्पिङको थलो भइरहेको छ। बङगलादेश तथा अन्य देशबाट आयत गरिएका कम गुणस्तर वस्तु नेपालमा विक्रि भइरहेका छन्।’

साना उद्योग तथा खुद्रा व्यापारीलाई जोडेर नीजि तथा सरकारी लगानीमा हेटौँडा कपडा उद्योग र बुटवल स्पीनी उद्योगलाई पुनःसञ्चालन गर्ने योजना रहेको अध्यक्ष गोल्यानले जानकारी दिए। उनले भने ‘प्रोसेशिङ गर्ने राम्रो उद्योग नभएकाले हाम्रो उद्योग पछि परेको हो।’

यस्तै नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जितेन्द्रकुमार लोहियाले भारतसँगको खुला सीमा नेपाली बजारको मुख्य चुनौति रहेको बताए।

उनले सीमाक्षेत्रमा रहेका भारतीय बजार नेपाली उपभोक्तामा निर्भर रहेको भन्दै यसले नेपाली उत्पादनको प्रवर्द्धनमा चुनौती थपिएको बताए। नेपालको तुलनामा भारतीय बजारमा सस्तो मूल्यमा कपडा पाइने भएकोले नेपाली उपभोक्ता सीमाक्षेत्रमा रहेका बजारमा जाने गरेको लोहियाकाे भनाई छ।

धागो तथा कपडा उद्योगले राज्यको अर्थतन्त्रमा के–कस्तो योगदान दिन सक्छ भन्ने विषयमा सरकारले अध्ययन गर्नुपर्ने लोहियाको भनाई छ। उनका अनुसार भारतमाभन्दा बढी कर लगाएर वस्तु विक्रि गर्ने हो भने नेपालको बजार विस्तार नहुने उनले बताए।

यसैगरी इभेन्ट सोलुसनका सिइओ विजय प्रधानले नेपाली कपडा उद्याग प्रवर्द्धन गर्न इभेन्ट शोलुशन यसको हिस्सा बनेको बताए। उनले उक्त धागो मेला गर्त वर्षभन्दा यस वर्ष रामो भएको पनि जानकारी दिए।

मेलामा ७० वटा स्टलहरु रहेका छन्। जसमा अधिकांश नेपालमा उत्पादन भएका धागो तथा कपडाहरु रहेको छन्।

अशोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्