नेकपाले छान्यो ६ महानगरमा अध्यक्ष र सचिव

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले शनिबार छ वटा महानगरमा अध्यक्ष र सचिव मनोनयन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो बसेको बैठकले काठमाडौँमा निर्मल देउलालाई अध्यक्ष र रवीन्द्र श्रेष्ठलाई सचिवमा मनोनयन गरेको छ।

विज्ञापन

ललितपुरमा मन्जली शाक्य अध्यक्ष र ज्ञानेन्द्र शाक्य सचिव भएका छन् भने पोखरामा दीपक पौडेल अध्यक्ष र विश्वप्रकाश लामिछाने सचिव बनेका छन्। त्यस्तै, भरतपुरमा रामप्रसाद न्यौपाने अध्यक्ष र ईश्वर सापकोटा सचिव भएका छन्।

वीरगञ्जमा रोहवर अन्सारी अध्यक्ष र विश्वम्बर शर्मा सचिव भएका छन् भने विराटनगरमा सागर थापा अध्यक्ष बनेका छन् भने हेम कार्की सचिव बनेका छन्।

सचिवालय निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताका बाँकी काम टुंग्याउँदै लगिने जानकारी दिए।

अशोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू