कास्की- २ बाट वामदेव चुनाव नलड्ने

काठमाडौँ- दिवंगत रविन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की – २ बाट चुनाव लड्ने भनी हल्ला चले पनि नेकपाका उपाध्यक्ष वामदेव गौतम उक्त क्षेत्रबाट चुनाव नलड्ने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमले आफू कास्की–२ को उपचुनावमा नलड्ने प्रस्ताव राखेका हुन्।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको गत फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की- २ मा मंसिरमा चुनाव हुँदैछ।

उपाध्यक्ष गौतमले उक्त क्षेत्रमा अधिकारीकी श्रीमती विद्या भट्टराईलाई चुनाव लडाउन पार्टीलाई सुझाव दिएका छन्।

असोज ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्