मनसुन अझै पनि क्रियाशिल, देशभरि दिनभरि कस्तो रहला मौसम?

काठमाडौँ – मौसममा केही सुधार आएको भए पनि अझै पूर्ण रुपमा भने सफा भएको छैन । हाल देशका अधिकांश क्षेत्रमा सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिनभरि देशभरि सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । मनसुनी गतिविधि सक्रिय नै रहेकाले केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

विज्ञापन

यसैगरी राति देशभरि सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

अशोज ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू