भारतले २०२१ भित्रै मानवयान अन्तरिक्षमा पठाउने

भारतको अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख के. सिवनले भनेका छन् कि भारतले आफ्नो महत्वाकांक्षी अभियान ‘गगनयान’का लागि सन २०२१ सम्मको लक्ष्य राखेको छ ।

जनसत्तामा प्रकाशित समाचार अनुसार सिवनले भनेका छन् कि भारत सन २०२१ सम्म अन्तरिक्षमा मानव पठाउने तयारीमा अघि बढेको छ । उनका अनुसार पहिले यो लक्ष्य सन २०२२ राखिएको थियो ।

विज्ञापन

सिवनले आईआईटी भुवनेश्वरको दिक्षान्त समारोहमा भने कि त्यो भन्दा पहिले भारतले डिसेम्बर २०२० मा पहिलो र जुलाई २०२१ मा दोस्रो मानवरहित यान अन्तरिक्षमा पठाउनेछ ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्